१३ असार २०८३, शनिबार

अवैध रूपमा बनेको अग्लो ‘ट्विन टावर’ भत्काउँदै भारत, विस्फोट गर्नुअघि उच्च सतर्कता

भदौ १२, २०७९
अवैध रूपमा बनेको अग्लो ‘ट्विन टावर’ भत्काउँदै भारत, विस्फोट गर्नुअघि उच्च सतर्कता

भारतको उत्तर प्रदेशस्थित नोयडामा अवैध रूपमा बनेको सुपरटेक ट्विन टावर भत्काउने तयारी अन्तिम चरणमा पुगेको छ । 

सर्वाेच्च अदालतको आदेशपछि भारतमा ट्विन टावर भत्काउने तयारी अन्तिम चरणमा पुगेको हो ।

आइतवार दिउँसो २ः३० बजे टावर भत्काउने तयारी छ । यसका लागि आसपासका घर र भवनहरू खाली गराइएको छ भने ती घरहरूको बीमा गरिएको छ ।

स्थानीय क्षेत्रमा खाना पकाउने ग्यास र बिजुलीको आपूर्ति बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सडकमा आवतजावत समेत बन्द गरिएको छ । विस्फोट गराएर टावर भत्काइने भएको छ । उत्तर प्रदेश प्रहरीले आसपासको क्षेत्र खाली गराउन आइतवार बिहान ७ बजेसम्मको समय दिएको थियो ।

सरकारी प्राधिकरण र घरजग्गा व्यापारीको मिलेमतोमा पटक–पटक नक्सा संशोधन गर्दै तला थप्दै गएपछि अदालतमा मुद्दा पुगेको थियो । व्यापारीले सरकारी संयन्त्रलाई भ्रष्टाचारमा लोभ्याउन सके पनि अदालतले स्थानीयलाई न्याय दिएको छ । यतिबेला टावर भत्किने घटना भारतको सर्वाधिक चासोको घटना बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्