०४ असार २०८३, बिहीबार

अवैध ठहरिएपछि क्षणभरमै ध्वस्त गरिन लागेको ‘ट्विन टावर’का लगानीकर्ताको के हुन्छ ?

भदौ १२, २०७९
अवैध ठहरिएपछि क्षणभरमै ध्वस्त गरिन लागेको ‘ट्विन टावर’का लगानीकर्ताको के हुन्छ ?

भारतको नोएडास्थित सेक्टर ९३ए मा बनेको सुपरटेक ट्विन टावर अवैध ठहरिएपछि आइतवार विस्फोट गराएर ध्वस्त गरिँदैछ ।

टावरमा बस्न ७११ जनाले फ्ल्याट खरिद गरेका थिए । जसमध्ये ६५२ जनाको व्यवस्थापन भइसकेको र बाँकी ५९ जनाले पैसा फिर्ता नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्ल्याट खरिद गरी पैसा फिर्ता नपाएकाहरूको सम्बन्धमा हालै सर्वाेच्च अदालतले केही आदेश दिएको छ । न्यायमूर्ति डीवाई चन्द्रचूडको अध्यक्षतामा रहेको ३ न्यायाधीशको इजलाशले अदालतको रजिस्ट्रीमा ३० सेप्टेम्बरसम्म १ करोड भारतीय रुपैयाँ जम्मा गर्न भनेको थियो, जसबाट केही राहत दिन सकियोस् ।

पैसा फिर्ता गर्ने अन्तिम दिन ३१ मार्च थियो । तर ५९ जनाले पैसा पाएनन् । एकातिर पुरानै लगानीकर्ताले पैसा फिर्ता पाएका छैनन् भने अर्काेतिर टावर ध्वस्त गर्दा वरिपरिका घरमा पनि क्षति हुने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्