०५ साउन २०८३, मंगलबार

राष्ट्रपतिको बचाउँ गदै योगेशले भने–रामवरणसँग दर्जनौ पटक भेटघाट गरेकाले अहिले सक्रियता देखाएको भन्नु दोहोरो चरित्र

राष्ट्रपतिको बचाउँ गदै योगेशले भने–रामवरणसँग दर्जनौ पटक भेटघाट गरेकाले अहिले सक्रियता देखाएको भन्नु दोहोरो चरित्र

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँगको गरेको छलफलका बारेमा टिप्पणी गर्नेहरूलाई उनले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् । 

उनले राष्ट्रपति भण्डारीको बचाउ गर्दै छलफल तथा भेटघाट गर्ने कार्य ठीक भएको दाबी गरेका छन् । उनले ट्वीटरमा सन्देश लेख्दै भनेका छन्, ‘राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौँ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनि टिप्पणी गर्छन । दोहोरो चरित्र ! राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, उक्त विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भई राष्ट्रिय सभामा पुगेको छ । आफूले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि उनले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सम्वाद अघि बढाएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्