२३ जेठ २०८३, शनिबार

नोएडामा १३ अर्बको ३२ तले अवैध ‘ट्विन वाटर’ ध्वस्त गरिँदै, अन्तिम सेल्फी लिनेको भीड

भदौ १२, २०७९
नोएडामा १३ अर्बको ३२ तले अवैध ‘ट्विन वाटर’ ध्वस्त गरिँदै, अन्तिम सेल्फी लिनेको भीड

सामाजिक सञ्जालको जमानामा केही नयाँ देख्ने बित्तिकै सेल्फी खिच्नेको भीड लागिहाल्छ । भारतको नौएडामा बनेको अग्लो ‘ट्विन टावर’ सेल्फी पारखीका लागि एक आकर्षकस्थल थियो ।

तर त्यो टावर अवैध ठहर भएपछि आइतवार दिउँसो २ः३० बजे भत्काइँदैछ । सर्वाेच्च अदालतको आदेशमा सरकारी स्तरबाटै टावर भत्काउने सम्पूर्ण तयारी पूरा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अवैध रूपमा निर्माण गरिएको टावर भत्काउनुअघि विपद् व्यवस्थापन संयन्त्रलाई तैनाथ गरिएको छ । अग्लो टावर भत्काउँदा कुनै अप्रिय घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् व्यवस्थापन टीम, प्रहरी, यातायातकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतलाई तैनाथ राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३२ तले टावर निर्माणमा १३ अर्ब रुपैयाँ खर्च भएको थियो । बाहिरबाट हेर्दा आकर्षण टावर भए पनि प्राविधिक र कानूनी रूपमा अवैध भएपछि ध्वस्त गर्न लागिएको छ । टावर ध्वस्त गर्ने तयारी भइरहेका बेला सर्वसाधारणहरू टावरसँग अन्तिम सेल्फी लिइरहेका छन् । आइतवार दिउँसोपछि त्यो टावर देखिने छैन ।

सरकारी कर्मचारी र घरजग्गा व्यवसायीको मिलेमतोमा अवैध टावर बनेपछि अदालतले भत्काउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार आइतवार दिउँसो २ः३० बजे टावर भत्काउन विस्फोट गराइने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्