२५ असार २०८३, बिहीबार

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, जलस्रोत लगानी प्रबर्द्धन गर्न सहज हुन्छः सीईओ केसी

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, जलस्रोत लगानी प्रबर्द्धन गर्न सहज हुन्छः सीईओ केसी

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बीआईआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्धत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नविकरणीय ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बताइएको छ ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।   

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्