२३ जेठ २०८३, शनिबार

नेटोको गोप्य सैन्य दस्तावेज ह्याकरहरूले राखे बिक्रीमा

भदौ १२, २०७९
नेटोको गोप्य सैन्य दस्तावेज ह्याकरहरूले राखे बिक्रीमा

पश्चिमी सैन्य गठबन्धन नेटोका गोप्य सैन्य दस्तावेजहरू ह्याकरहरूको एक समूहले अन्लाइन बिक्री गर्न लागेको विषयमा नेटोले छानबिन थालेको छ । 

उक्त दस्तावेजमा नेटो साझेदारहरूले युक्रेन युद्धमा उपयोग गरेका हतियारको ब्लुप्रिन्ट पनि संलग्न छन् ।

ह्याकरहरूले युरोपको प्रमुख हतियार निर्माताको डेटा चोरेर बेचेका हुन् । 

एमबीडीए मिसाइल सिस्टम्स नामक कम्पनीले आफ्नो डेटा पनि चोरिएको स्वीकार गरेको छ । तर गोप्य फाइलहरू आफ्नो नभएको उसको दाबी छ । 

फ्रान्समा केन्द्रीय कार्यालय रहेको युरोपव्यापी कम्पनीले आफूसँग भएको सूचना एक्सटर्नल हार्ड ड्राइभमार्फत चोरिएको बतायो । इटलीमा उक्त घटना भएको हो । 

एमबीडीएको एक आपूर्तिकर्ता वरपर अनुसन्धान घुमिरहेको बुझिएको छ । 

रुसी र अंग्रेजी फोरमहरूमा सक्रिय साइबर अपराधीहरूले ८० जीबीको डेटा चोरेर १५ बिटकोइनमा बेचिरहेका छन् । एक अज्ञात खरिदकर्तालाई उनीहरूले दस्तावेज बेचिसकेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्