
हास्य कलाकार अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निश्चित एक जातीय समूहको कला, संस्कृति र लवजलाई लिएर व्यंग्य गरेको भन्दै स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि नियन्त्रणमा लिइएको उनले बताए । उजुरीकर्ता र सिंहबीच छलफल गराउने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।