२७ जेठ २०८३, बुधबार

नेपालीले सित्तैमा बिजुली पाउने अवस्था आउँछ, अहिले लगानी बढाऔँ– कुलमान घिसिङ

नेपालीले सित्तैमा बिजुली पाउने अवस्था आउँछ, अहिले लगानी बढाऔँ– कुलमान घिसिङ
फाइल तस्वीर

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीले सित्तैमा बिजुली पाउने अवस्था आउँने वातावरण बनाउने बताएका छन् । त्यसका लागि अहिले लगानी बढाउनपर्ने उनले बताए । 

नेपालीले नेपालमै उत्पादन भएको बिजुली  निःशुल्क वितरण गर्ने दिन आउने गरी अहिले नै लगानी गर्नुपर्ने घिसिङले बताए । आइतवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविश्यमा निःशुल्क बिजुली वितरण गर्ने दिन आउँछ तर, अहिले डिमाण्ड शुल्कमा लोभ गरिदिन भएन । प्राधिकरणले पनि डिमाण्ड शुल्क छुट दिन सक्दैन ।’

उनले प्राधिकरण ६ सय मेगावट बिजुली निर्यात गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । घिसिङले ८० दिनको अवधिमा ६ अर्बको बिजुली नेपालबाट निर्यात भएको बताए । ‘आगामी वर्ष १ हजार मेगावाट बिजुली निर्यात गर्न सक्ने क्षमता नेपालको हुन्छ त्यसका लागि उत्पादन नै बढी गर्नु पर्छ । जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ, यो हाम्रो ठूलो उपलब्धि हो, यसले व्यापार घाटा कम गर्न मद्दत पुग्छ’, उनले भने । 

घिसिङले निर्यातलाई नेपालमा हुने सबै पीपीए र अहिलेसम्मको निर्माणको ट्रेण्ड हेर्दा यो वर्ष ७ देखि ८ सय मेगावाट बिजुली उत्पादन हुन सक्ने बताएका छन् । ‘रन अफ रिभरमा बनेका जलविद्युत्ले नै सुक्खायामलाई धान्न सहयोग गर्न सक्छन्, अघिल्लो वर्षको तुलनामा गत आवमा वर्षको तुलनामा ५० प्रतिशतले उत्पादन र उपभोग २५ प्रतिशतले बढेको देखिएको छ’, उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्