२८ असार २०८३, आइतबार

नेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ गर्ने

नेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ गर्ने

नेपाली युवा उद्यमी मञ्च नेपालको काठमाडौं च्याप्टरले ‘नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टाटअप अवार्ड’ आयोजना गर्ने भएको छ । अध्यक्ष चिराग गोयलद्वारा जारी विज्ञप्तिमा अवार्डबारे जानकारी दिइएको हो । मञ्चले युवाहरूलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्धेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने तयारी गरेको हो । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान पनि गर्ने जानकारी दिएको छ । 

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरू नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्ने अध्यक्ष गोयलले बताए । 

अवार्डमा भाग लिन चाहने स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन वा सेवा तयारी अवस्थामा हुनुपर्ने छ । स्टार्टअपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आयोजकले तोकेको सबै आवश्यक कागजपत्र पेश गरेपछि निर्धारित समयमा उपस्थित हुने कम्पनीहरूमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन नपाउने अध्यक्ष गोयलले बताए । 

यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले पहिलोले ४ लाख, दोस्रोले २ लाख तथा पिपुल्स च्वाइस अवार्ड जित्नेले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता फारम भदौ १० गतेदेखि खुला रहेको छ । दर्ता फारम मञ्चको बेवसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ । 

यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । 

मञ्च युवा उद्यमीहरूको मुख्य संस्था हो । नेपाली युवाबीच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उद्धेश्यले स्थापना भएको मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो । त्योसँगै मञ्चले नेपाली युवाहरूमा उद्यमशीललाई विकास गर्ने, संस्थालाई विस्तार गर्ने कार्यहरू गर्दै आइरहेको थियो ।

मञ्चको काठमाडौं च्याप्टर सन् २०१६ मा स्थापना भएको थियो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ । 

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैया विनियोजन गरेको छ । जसमा नयाँ स्टार्टअपहरूले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ । यस घोषणाले नेपाली उद्यमीहरू पूर्ण रूपमा लाभान्भित हुने र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने मञ्चले विश्वास व्यक्त गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्