०५ साउन २०८३, मंगलबार

माछापुच्छ्रे बैक र फाेकसवान पेमेन्ट सोलुसन्स् प्रालिबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैक र फाेकसवान पेमेन्ट सोलुसन्स् प्रालिबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिंक गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त वालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । 

यसै गरी बैंकका ग्राहकहरूले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १ हजार ५०० भन्दा बढी विभिन्न मर्चेन्टहरू मार्फत कारोबार गरी रकम भुक्तानीसमेत गर्न सक्नेछन् । त्यस्तै गरी माछापुच्छ्रे बैंकका मर्चेन्टहरूले एमभिसा, अलिपे र युनियन पेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआरबाटै भुक्तानी लिन सक्नेछन् । 

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरू ल्याइरहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरूलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरूलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्