१३ असार २०८३, शनिबार

नुवाकोटका सांसदको रोल्पाका सिडिओलाई फोनः हाम्रो जिल्लाबासी चालक खोजिदिनुस्

नुवाकोटका सांसदको रोल्पाका सिडिओलाई फोनः हाम्रो जिल्लाबासी चालक खोजिदिनुस्
तस्वीर: सामाजिक सञ्जालबाट

माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं नुवाकोट क्षेत्र नम्बर–१ का सांसद हितबहादुर तामाङले रोल्पामा भएको जिप दुर्घटनामा बेपत्ता चालकको खोजी गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । 

तामाङले आइतवार रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरी हराइरहेका चालकको खोजीमा तदारुकता देखाउन आग्रह गरेका हुन् । रोल्पाको माडी खोलामा शुक्रवार राति भएको जिप दुर्घटनामा नुवाकोटको ककनी गाउँपालिका–४ जगरेका सुब्बा रुम्बा तामाङका छोरा ३१ वर्षीय बुद्धिबहादुर तामाङ बेपत्ता भएका थिए । 

शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँ जाँदै गरेको गरेको बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सडकबाट खोलामा खसेको थियो । 

तामाङले आफूले रोल्पाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी चासोका साथ हराएका चालक खोजिदिन आग्रह गरेको जानकारी दिए । 

जवाफमा प्रजिअ सापकोटाले सेना र प्रहरीको टोलीले खोजीकार्य जारी राखे पनि फेला पार्न नसकेको जवाफ दिएको तामाङले बताए । उनका अनुसार लिवाङस्थित सेनाको बटुक दल गणको टोली लामाको खोजीमा सक्रिय छ । प्रजिअ सापकोटाले गाली खोलाको खोचमा अडकिएको र बाढीका कारण उद्धारकर्मी पुग्न नसकेको बताए । गाडीका दुवैतर्फका ढोका खुलेकाले चालक गाडीमा नभएको उनको भनाइ थियो । ‘गाडीका दुवै ढोका खुलेको देखिन्छ’, सापकोटाको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘बाढीले बगाएर लगेको हुन सक्ने आशंकामा प्यूठान प्रशासनलाई पनि खबर गरिएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्