१३ असार २०८३, शनिबार

अग्लो ‘ट्विन टावर’ ध्वस्त गर्दा कम्पनीलाई कति घाटा ? के भन्छन् सुपरटेक ग्रूपका अध्यक्ष ?

भदौ १३, २०७९
अग्लो ‘ट्विन टावर’ ध्वस्त गर्दा कम्पनीलाई कति घाटा ? के भन्छन् सुपरटेक ग्रूपका अध्यक्ष ?

भारतको नोएडा प्राधिकरण र सुपरटेक ग्रूपको मिलेमतोमा बनेको ‘ट्विन टावर’ ध्वस्त गरिएको छ । सर्वाेच्च अदालतबाट अवैध रूपमा बनेको ठहर भएपछि आइतवार टावर ध्वस्त गरिएको हो ।

टावर बनाउँदा सरकारी निकाय र निजी कम्पनीबीच भ्रष्टाचार भएको अदालतको ठहर छ । भव्य टावर भत्किएपछि अब सुपरटेक कम्पनीको वित्तीय अवस्थामा कस्तो असर गर्ला ? कम्पनीले अरु परियोजनालाई पूरा गर्न सक्ला ? यतिबेला भारतमा चासोको विषय बनेको छ ।

सुपरटेक ग्रूपका अध्यक्ष आरके अरोडाले टावर ध्वस्त गरिएपछि अन्य परियोजनामा कुनै असर नपर्ने दाबी गरे । कम्पनीले प्रेस विज्ञप्ति नै जारी गरेर ७० हजारभन्दा बढी फ्ल्याट बिक्री भइसकेका जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘ट्विन टावर भत्काएर अन्य परियोजनामा कुनै असर गर्दैन ।’ ध्वस्त गरिएको टावरमा ९५२ फ्ल्याट थिए । जुन कम्पनीले हालसम्म बनाएका कूल फ्ल्याटको १ प्रतिशत मात्रै हुने कम्पनीको दाबी छ ।

कम्पनीका थप २० हजार फ्ल्याट निर्माणाधीन छन् । अध्यक्ष अरोडाका अनुसार सुपरटेक कम्पनी १ खर्ब ६० अर्बको हो । ट्विन टावर ध्वस्त हुँदा कम्पनीलाई ८ अर्ब घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्