२२ असार २०८३, सोमबार

डोनबास क्षेत्र पुनः नियन्त्रणमा लिने जेलेन्स्कीको वाचा

भदौ १३, २०७९
डोनबास क्षेत्र पुनः नियन्त्रणमा लिने जेलेन्स्कीको वाचा

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसीहरूको कब्जामा पुगेको डोनबास क्षेत्र आफूहरूले पुनः नियन्त्रणमा लिने आइतवार बताएका छन् । 

‘हामीले आफ्ना कुनै पनि शहरहरू अनि कुनै पनि मानिसहरूलाई बिर्सेका छैनौं,’ उनले बताए । 

‘डोनबास अहिले रुसी आक्रमणका कारण ध्वस्त भएको छ । गौरवशाली युक्रेनी डोनेत्स्कलाई रुसले कब्जा गरेर लुटेको छ । तर युक्रेन फर्कन्छ । अवश्य । जीवन फर्कनेछ । डोनबासका मानिसको गरिमा फर्कनेछ । बाँच्ने क्षमता फर्कनेछ । सुरक्षित र सुखी जीवनको अवसर फर्कनेछ,’ जेलेन्स्कीले थपे । 

अमेरिकाले युक्रेनलाई रुसविरुद्ध प्रत्याक्रमणका लागि तयार पारिरहेको द वाशिङटन पोस्टले लेखेको छ । पेन्टागनले किएभलाई हालै उपलब्ध गराएको सैन्य सामग्रीलाई हेर्दा त्यो निष्कर्षमा पुग्न सकिने पत्रिकाको भनाइ छ । 

गत जुलाई महिनामा शीर्ष युक्रेनी अधिकारीहरूले खर्सन शहर फिर्ता लिनका लागि अगस्ट महिनामा प्रत्याक्रमण थाल्ने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्