०१ साउन २०८३, शुक्रबार

संरक्षण अभावमा अर्बौंका रेल इन्जिन पत्रु हुँदै [फोटो फिचर]

कात्तिक २०, २०७४
 संरक्षण अभावमा अर्बौंका रेल इन्जिन पत्रु हुँदै [फोटो फिचर]

जनकपुरधाम, १६ साउन – राज्यले ध्यान नपुर्याउँदा बहुमुल्य सम्पतिको रुपमा रहेका सम्पति कवाडमा रुपान्तरण भइरहेका छन् । नेपाल रेल्वेको न्यारोगेजका बहुमुल्य कोइला इन्जिनहरु उचित संरक्षणको अभावमा कवाडमा परिणत भइरहेका छन् ।

नेपाल रेल्वे कम्पनीले ती इन्जिनहरु साथै नेपाल रेल्वेका महत्वपुर्ण सम्पतिहरुलाई सुरक्षा गर्नका निम्ति १६ जना कर्मचारीहरु खटाएपनि कर्मचारीहरुको अत्तोपत्तो नभएपछि अर्बौंका सम्पत्ति कवाडमा परिणत भइरहेका छन् ।

संरक्षणका निम्ति खटाइएका कर्मचारीहरुले लापरवाही गरिरहेकै कारण ती इन्जिनहरुमा पानी र घामले खिया लाग्दै विस्तारै कबाडीमा जाने अवस्थामा पुगेको छ । कर्मचारीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि धनुषाको खजुरीमा रहेको नेपाल रेल्वेको कारखानामा रहेका अन्य सामग्रीहरु चोरी हुन समेत थालेका छन् ।

जनकपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको खजुरी स्टेशनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनहरुलाई संरक्षण गरिनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

त्यही कारखानालाई एउटा संग्रहालयको रुपमा निर्माण गरी ती सम्पत्तिहरुको संरक्षण गर्न सके त्यसबाट पर्यटकीय फाइदा समेत लिन सकिन्छ । संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी धनीकलाल दास बताउँछन् । उनी भन्छन् ‘खजुरी स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्रयाउन सकिन्छ र यो एउटा पर्यटन प्रवद्र्धनको लागि विश्वकै मानिसहरुको चाखलाग्दो विषय समेत बन्न सक्छ ।’

सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायत स्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यति बेला एउटा कोइला इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए । तर, स्थानीयवासीहरुले कोइला इन्जिन दिन तयार भएका थिएनन् ।

आफ्नो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुने खजूरी वडा नं. ४ का स्थानीय रामनारायण साहले बताए ।

त्यसबेला तत्कालिन सरकारले आफै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् ।








salt training

कमेन्ट गर्नुहोस्