०१ साउन २०८३, शुक्रबार

गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक : प्रचण्ड

गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शुक्रवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन क्षेत्र तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताए ।

सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नरहेको उनले दाबी गरे ।

प्रचण्डले आफू चितवनको ३ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणापत्र आउनसक्ने बताएका छन् ।
 
एमालेसँग कुनै पनि प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै उनले गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्