२२ जेठ २०८३, शुक्रबार

गोल्डन ओक १२औँ कृति अवार्डमा उत्कृष्ट मनोनयनहरूको घोषणा [सूचीसहित]

गोल्डन ओक १२औँ कृति अवार्डमा उत्कृष्ट मनोनयनहरूको घोषणा [सूचीसहित]

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औँ कृति अवार्डस् २०७९ को मनोनयन सार्वजनिक गरिएको छ । विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनहरूमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयनहरू सार्वजनिक गरिएका हुन् । बिहीवार होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहबीच मनोनयन घोषणा गरिएको थियो । उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरूको साझा कार्यक्रम गोल्डन ओक १२औँ कृति अवार्डस् २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तगर्तका विधाहरूमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरूमा उत्कृष्ट–३÷३ छनोटहरूको घोषणा गरिएको हो । यस गोल्डन ओक १२औँ कृति अवार्डस्मा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरूले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।

गोल्डन ओक १२औँ कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेका छन् । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरूमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ विकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आईटीपीएफ, प्रभु बैक, सेफ्टी हाइजिन, सेल पे र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । गोल्डन ओक १२औँ कृति अवार्डस २०७९को मूल समारोह होटल सोल्टीमा भदौ २५ गते शनिवार हुँदैछ । कार्यक्रममा बाह्रौँ कृतिका ट्राभल पार्टनर—गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । 

हेर्नुहाेस् उत्कृष्ट ५ काे मनाेनयन सूची

 

 

salt training

कमेन्ट गर्नुहोस्