१८ असार २०८३, बिहीबार

त्रिभुवन विमानस्थलमा फेरि सक्रिय भए सुन तस्कर

कात्तिक २०, २०७४
त्रिभुवन विमानस्थलमा फेरि सक्रिय भए सुन तस्कर

काठमाडौं, १६ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्नेहरु फेरि सक्रिय भएका छन् ।

सोमबार मध्याह्न दुई किलो सुनसहित एक विदेशी नागरिक पक्राउ परेपछि विमानस्थलमा सुन तस्कर पुनः सक्रिय भएको तथ्य बाहिर आएको हो ।

सोमबार मध्याह्न सवा १२ बजे थाई एयरलाइन्सको विमानबाट नेपाल आएका विदेशी नागरिक दुई किलो सुनसहित पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमो अध्यागमन नआइपुग्दै सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्ने व्यक्ति विदेश नागरिक भएको बताइए पनि कुन देशका नागरिक हुन भन्नेबारे केही खुलाइएको छैन ।

सुनसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्