
प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेकाे बताइन् ।
उनले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित मुलुकका धेरै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । एजिप्टाइ र अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट संक्रमितको संख्या ललितपुरमा मात्र एकहजार भन्दा बढी रहेको छ ।