११ असार २०८३, बिहीबार

श्रीमतीको हत्या गर्ने देवर र भाउजु पक्राउ

श्रीमतीको हत्या गर्ने देवर र भाउजु पक्राउ

भाउजुसँग मिलेर आफ्नै श्रीमतीको हत्या गर्ने सैमोदिन अन्सारी र उनकी भाउजु अप्सना खातुनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

हिजो (बिहीवार) बेलुका ५ बजे आफ्नै घरमा २५ वर्षीय सहनाज खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दा शरीरमा घाउँ देखिएको थियो । पोष्टमार्टम गर्दासमेत हत्या भएको देखिएपछि प्रहरीले बारा महागढीमाई नगरपालिका–३ गंजभवानीपुरका २७ वर्षीय सैमोदिन अन्सारी र २५ वर्षीय अप्सना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जनाकारी दिए ।

प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्