२३ असार २०८३, मंगलबार

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन

बिहीवार बेलुकादेखि बन्द रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड एकतर्फी रूपमा सुचारु भएको छ । शुक्रवार साढे ४ बजेदेखि सडक सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले सडक एकतर्फी रुपमा सुचारु भएको जानकारी दिए । 

पाल्पाको तिनाउँ गाउँपालिका ५ हिउँदेखोलामा बिहीवार दिउँसो ४ः४० बजे सडक सवारी साधन सञ्चालन गर्न नमिल्ने गरी भाँसिएको थियो । भाँसिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन नियमित सञ्चालन गर्न समस्या हुने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए । 

यस क्षेत्रमा अहिले पनि निरन्तर पानी परिरहेको छ । सडक सुचारु भएसँगै बुटवलबाट पाल्पातर्फ जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुहरु गन्तव्यमा जान हिँडेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्