२५ जेठ २०८३, सोमबार

गौरालाई सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

गौरालाई सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन
फाइल फोटो

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश लगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा शनिवार शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए । 

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुशी हुने विश्वासका साथ मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उनको विश्वास छ ।

उपराष्ट्रपति पुनले गौरा पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको निरन्तर समुन्नतिको शुभकामना व्यक्त गरेका छन् ।
 
गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा लगायत संस्कृतिले सुदूरपश्चिमलाई झनै सुन्दर बनाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न अपिल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्