×

NMB BANK
NIC ASIA

योजनाबद्ध रूपमा बनेको शहर महेन्द्रनगर नै जलमग्न !

भदौ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि जलमग्न हुन थालेको छ ।

Muktinath Bank

बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रूपले महेन्द्रनगर बजार बसालेका थिए । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजना विपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो ।


Advertisment
Nabil box
Kumari

बिहीवार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । 

Vianet communication
Laxmi Bank

यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताए । ‘अतिक्रमणले खोला नालामा साँघुरिँदै गएका छन्, ढल निकास छैन,’ उनले भने, ‘यो समस्या तत्काल समाधान नभए थप जटिलता आउँछ, २ वर्ष अगाडिसम्म महेन्द्रनगरमा डुबान हुँदैनथ्यो ।’ 

उनले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गरे । ‘पसल अगाडि पानी जमेर आउनजानै समस्या छ यस्तोमा के व्यवसाय हुन्छ,’ उनले भने, ‘ढल निकासका लागि स्थानीय सरकारले पहल गरोस् ।’ जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो, त्यसको ठीकविपरीत यहाँ संरचना बन्न थालेपछि महेन्द्रनगर बजार डुबानमा पर्नुका साथै अव्यवस्थित हुँदै गएको स्थानीय इन्द्र साउँदले बताए । ‘जुन गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाइएको थियो, त्यो गुरुयोजनाविपरीत घर निर्माण हुन थाले,’ उनले भने, ‘खोलानाला अतिक्रमण भए, ढल निकास पुरेर घर निर्माण भएपछि डुबान त हुने नै भयो ।’

उनका अनुसार कंक्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको बताए ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए । उनका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक शहर बनाइँदैछ । कार्यक्रमअन्तर्गत पहिलो चरणको काम शुरू भएको छ ।

‘एडीबीको आधुनिक शहर बनाउने योजनाअनुसार निमार्णको काम अघि बढेको छ यसले पनि केही नाली पुरिएका छन्,’ उनले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण र निर्माण सम्पन्न नहुनु पनि बजार डुबानमा पर्नुको कारण हो ।’ 

शहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव ६ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम शुरू गरिएको छ । 

विक्रम संवत् २०१४ सालमा तत्कालीन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गरे । 
    
विक्रम संवत् २०१८ देखि पहाडबाट तराई बसाई सर्न शुरू भएकोे यहाँका जानकार बलदेव अवस्थी बताउँछन् । उनका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत र जंगल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विक्रम संवत् २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यतिबेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताए ।

‘यो नेपाल अधिराज्यकै प्लानिङ शहर हो, यो शहर गुरुयोजना बनाएर बनाएको हो,’ उनले भने, ‘त्यो गुरुयोजना अनुसार बजार विस्तार भएन जसले गर्दा आज डुबानको समस्या आयो ।’ – महादेव अवस्थी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x