
नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले र विश्व पौडेलसहित ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिले राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ, स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस गरेको छ ।
वाग्ले योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पौडेल अहिले योजना आयोगमा उपाध्यक्ष छन् ।
वाग्लेले चितवनबाट चुनाव लड्ने आफ्नो पहिल्यैदेखिको रूची रहेको बताउने गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भने कांग्रेसमा वाग्लेलाई रोक्न पौडेललाई अघि सारिरहेको चर्चा हुने गरेको छ ।
उम्मेदवार बन्नका लागि क्षेत्रीय समितिमा दिएको आवेदनका आधारमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको चितवन क्षेत्र नम्बर–१ कार्यसमितिले बताएको छ ।