०६ असार २०८३, शनिबार

भारतको उत्तर प्रदेशमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित बाराबंकीमा शनिवार बिहान भएको बस दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । भारतमा भएको बस दुर्घटनामा नेपालीहरूको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

मृत्यु हुनेमा बाँकेको राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू र दाङ बेलतापुरका चक्रबहादुर वली रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन नसकेको उल्लेख गरिएको छ । 

नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमा १४ जना नेपाली रहेको उल्लेख गरिएको छ । 
दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था जटिल रहेको जनाइएको छ । उनीहरूलाई थप उपचारका लखनउस्थित ट्रमा सेन्टर पठाइएको छ ।

दुर्घटनामा परेको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्