
काठमाडौं, १६ साउन — अहिलेसम्म त पुरुषको ठूलो टाउकोलाई नै बुद्धिमत्ताको संकेत मानिएको छ । तर अमेरिकाको मिसौरीका मनोविश्लेषक डा ऐकाराकुडी एलियासले ४० वर्षदेखि गरेको अनुसन्धानले अर्कै कुरा पत्ता लगाएको छ ।

एलियासका अनुसार पुरुषहरूको छातीको रौं हेरेर उनको बुद्धिमत्ताको अन्दाज लगाउन सकिन्छ । उनको अनुसन्धानमा उच्च तहको पढाइ र राम्रो अंक ल्याउने पुरुषहरूको छातीमा धेरै कपाल हुने सम्भावना छ ।
पुरुषको छातीमा कपाल हुन्छ कि हुँदैन भन्ने कुरा आनुवंशिक फ्याक्टरहरूमा पनि भर पर्छ । हामीलाई थाहै छ, बुद्धिमत्ता वंशाणुगत हुन्छ ।
समाजमा डाक्टरहरूलाई सम्मानको नजरले हेरिन्छ । उनीहरू एकदमै बुद्धिमान र विलक्षण हुने विश्वास गरिन्छ । डा एलियासले अमेरिकाका ट्रेनी डाक्टरहरूमध्ये ४५ प्रतिशतको छातीमा झ्याप्प रौं थियो ।
खासमा १० प्रतिशत पुरुष मात्र छातीमा झ्यापुल्ले हुन्छन् । तर झ्यापुल्ले पुरुषमध्ये ४५ प्रतिशत चाहिँ चिकित्सक भएको पाइयो ।
त्यस्तै इन्जिनियरिङमा राम्रो अंक ल्याएर पास गर्नेहरूमा पनि शरीरको रौं धेरै भएको पाइयो ।
डा एलियासले आफ्नो एक पुरानो सर्वेक्षणमा बडी हेयर र आईक्यूका बीच सिधा सम्बन्ध भेटेका थिए । उनले उच्च आईक्यू भएका मानिसहरूको ग्लोबल सोसाइटी मेन्साका ११७ पुरुषहरूका बीच सर्वेक्षण गरेका थिए । मेन्सा सोसाइटीमा १४० वा त्यसभन्दा बढी आईक्यू भएका मानिसलाई मात्र सदस्य बनाइन्छ ।
तेज दिमाग भएका मानिसको छातीमा मात्र नभई ढाडमा पनि टन्नै रौं भएको पाइयो ।
एजेन्सी