
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभानिर्वाचनको लागि स्थानीय कमिटीले उनको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौंडामा बसेको बैठकले थापालाई उनको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । यो पटक थापाले एमालेतर्फ झुकाव राखेका छन् ।