१६ असार २०८३, मंगलबार

स्रोत नखुलेको रु ३९ लाख ५० हजार नगदसहित पक्राउ

स्रोत नखुलेको रु ३९ लाख ५० हजार नगदसहित पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी विभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्