
नेपालले केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज जितेको छ । खेल खेलअघि नै नेपालले सिरिज जितेको हो। शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै नेपालले २–० को अग्रता लिएर सिरिज जितेको हो।
शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुने तालिका छ ।