१३ असार २०८३, शनिबार

शिक्षा क्षेत्रमा सिकाइको अभाव छ : महामन्त्री थापा

शिक्षा क्षेत्रमा सिकाइको अभाव छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए । 

महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राखे । उनले भने, “कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ ।” महामन्त्री थापाले भ्याली पब्लिक विद्यालयको सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न संस्थासँग गरेको सहकार्यले विद्यार्थीको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्