११ साउन २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज (आइतवार) बस्दै छ । 

बैठक आइतवार दिउँसो १ बजे बस्ने तय भएको छ ।

आइतवारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेरको रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ ।

सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्