२४ जेठ २०८३, आइतबार

चितवन–३ बाट प्रचण्डको नाम एकल सिफारिस

चितवन–३ बाट प्रचण्डको नाम एकल सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतवार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डको नाम एकमतले उम्मेदवारका रुपमा सिफारिस गरे नेता गोपाल न्यौपानेले जानकारी दिए । 

प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ । यद्यपि, प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् । 

बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेश सभाका लागिसमेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ । 

न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन् । उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च माओवादी नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्