
काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर बुझाउन क्यासिनोहरूलाई निर्देशन दिएको छ । क्यासिनोहरूले आर्थिक वर्ष २०७५/७६ देखि मनोरन्जन कर नबुझाएको र पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै काठमाडौं महानगरपालिकाले आइतवार ७ दिने सूचना जारी गरेको छ ।
उक्त समयभित्र बागमती प्रदेशमा सञ्चालित क्यासिनाले व्यवसाय तथा मनोरञ्जन कर नबुझाए महानगरले राजस्व ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले काठमाडौं फनपार्कमा पुगेर मनोरन्जन कर तिर्न निर्देशन दिएका थिए । उनले फनपार्कले २४ घण्टे अल्टिमेटम दिएपछि फनपार्कले कर बुझाएको थियो । 