२२ जेठ २०८३, शुक्रबार

माटोको ढिस्कोमा पुरिएर भारतमा चार नेपालीको मृत्यु

कात्तिक २०, २०७४
माटोको ढिस्कोमा पुरिएर भारतमा चार नेपालीको मृत्यु
भीमदत्तनगर, २१ पुस- भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । 

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् ।

“तीनजनाको शव ढिस्कोबाट निकालिएको छ ।” विष्टले भन्नुभयो – “थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।” छजनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।

भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो । “हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ ।” विष्टले भन्नुभयो – “म यहाँ अर्कै साइडमा थिएँ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्