
भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डेले २२ करोड बराबरको सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।
सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार ४ वटा घोडा, माइण्ड प्रोटेक्टिभ भेइकल, मेडिकल सामग्रीलगायतका समानहरूका भारतीय सेनाले दिएको हो । ‘नेपाली सेना र भारतीय सेनाको संयुक्त बायोल्ट्रल कन्सल्डीङ ग्रुपको समितिले तय गरेका सामग्रीहरू अनुदानमा पाएको हौँ’, प्रवक्ता सिलवालले लोकान्तरसँग भने ।
त्यसमा संम्पूर्ण सामानको ६० प्रतिशत भारतीय सरकार र ४० प्रतिशत नेपाल सरकारले लगानी गरेको सहायक रथी सिलवालले बताए ।
जनरल मनोज पाण्डे हिजो (आइतवार)देखि नेपालको ५ दिने औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका छन् । यस क्रममा नेपाली सेना र भारतीय सेनाको परम्पराअनुसार राष्ट्रिपतिबाट मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न ग्रहण गर्ने छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भारतीय स्थल सेनाध्यक्ष पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ नेपाली सेनाको महारथी पदको दर्जा पनि लिनेछन् ।
