
जिउ मास्ने तथा डाँका मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाराले २० वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बाराको करेइमाई गाउँपालिका ३ का शत्रुधन साह कानुलाई पक्राउ गरेको हो ।
कानुलाई महागढीमाई नगरपालिका १० गन्जभवानीपुरबाट भदौ १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
कानुले २०५९ साल जेठ ३१ गते बारा कलैयाका देवेन्द्रप्रसाद केशरीलाई बेलुका ७ बजे अपहरण गरेर भारतमा लगेर २ लाखमा बिक्री गरेको आरोप छ ।