चीनको दक्षिणपश्चिममा रहेके सिचुआन प्रान्तमा सोमवार ६.८ म्याग्निट्युडको भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ ।
भूकम्पका कारण पहिरो समेत गएको चीनका सरकारी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
सिचुआनको लुडिङ काउन्टीमा रहेको पहाडी क्षेत्रमा मध्याह्नतिर भूकम्प गएको हो चीनको भूकम्प मापन केन्द्रले जनाएको छ ।
तिब्बती पठारको छेउमा रहेको सिचुआनमा प्रायः भूकम्पहरू आइरहेका हुन्छन् ।
भूकम्पका कारण घरहरूमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति अवरुद्ध भएको छ । भूकम्पका कारण आएको पहिरोले गर्दा एक राजमार्गमा ढुंगाहरू ओइरिएका छन् ।
भूकम्पको झड्का २०० किलोमिटर पर रहेको प्रान्तीय राजधानी छङ्तुमा पनि अनुभव गरिएको थियो । त्यहाँ कोभिड महामारीका कारण मानिसहरू आफ्नै घरभित्र थुनिएका छन् । चीनले शून्य कोभिडका लागि कठोर नीति अपनाइरहेको छ ।