२५ जेठ २०८३, सोमबार

नेपालगञ्जमा पनि डेंगुको संक्रमण बढ्यो

नेपालगञ्जमा पनि डेंगुको संक्रमण बढ्यो

नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेंगुको संक्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको उपमहानगरपालिकाले जनाएको छ । 

स्थानीयवासीमा डेंगु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । 

स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमवारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेंगुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्