०४ साउन २०८३, सोमबार

सिरहा १ बाट एमालेका रामशङ्कर सर्वसम्मत सिफारिस

सिरहा १ बाट एमालेका रामशङ्कर सर्वसम्मत सिफारिस

सिरहा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश कमिटी सदस्य नेता रामशङ्कर यादवलाई प्रतिनिधिभाका लागि एकल उमेदवार सिफारिस गरेको छ । यादव जिल्ला अदालत सिरहाबाट सर्वस्वसहित जन्मकैद साजय पाएका व्यक्ति हुन् ।

एमाले सिरहा जिल्ला सचिव तथा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवका अनुसार यादवलाई राजनैतिक झुठा मुद्दामा फसाइएको पार्टीका क्षेत्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा एकल उम्मेदवार सिफारिस गरिएको हो । उनी विसं २०५८ मङ्सिर ३ गतेमा सिरहा जिल्लाको भगवानपुर गाविस–४ मा दिनेश यादव र राजेन्द्र यादवको संयुक्त स्वामित्वमा रहेको बसको विषयलाई लिएर भएको विवाद पश्चात हातहतियारसहित आएका यादवका समूहले गोली चलाउँदा शान्ति सुरक्षामा खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर मृत्यु भएको थियो ।

सो घटना संलग्न रहेका यादवलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतको विसं २०६१ माघ ६ गतेको फैसलाले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । फरार रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महारागञ्जबाट खटिएको प्रहरीले विसं २०६९ पुस ३ गते काठमाडौँस्थित काँडाघारी टाउन प्लानिङबाट प्रकाउ गरेको थियो । प्रहरीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा बुझाएका यादवलाई अदालतले जेल चलान गरेको थियो । 

राष्ट्रपतिले संविधान दिवसको अवसरमा असोज ३ गते आममाफीमा विसं २०७६ मा मन्त्रिपरिषद्को निर्णयबाट आममाफी दिएको थियो । सो निर्वाचन क्षेत्रबाट विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको  निर्वाचित हो । 

salt training

कमेन्ट गर्नुहोस्