काठमाडौँ, १७ साउन- प्रधानमन्त्री शेरबहादुरले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए, आजको नागरिकले खबर छापेको छ । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ।’
प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन्।