
काठमाडौं, २१ पुस — सरकारले पुनर्निर्माण को काममा प्रगती गर्न नसेको आरोप लगाउँदै पुर्ननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गरेको हो । सरकारले ज्ञवालीको काम चित्त नबुझेको आरोप लगाउँदै पदच्यूत गरेको हो ।
सरकारले उनलाई काम चित्त नबुझेको भन्दै स्पष्टिकरण सोधेको थियो । उनलाई केपी ओली सरकारले माओबादी केन्द्रकै समर्थनमा गत वर्ष सिइओ नियुक्त गरेको थियो । सिइओ ज्ञवालीले बुधवार मात्र सरकारलाई लामो स्पष्टिकरण बुझाएका थिए ।