
युएईमा जारी एसिया कप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
सुपर चार अन्तर्गत मंगलबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र समूहको 'बी' को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।
सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।