
नेकपा एमालेका नेता भीम रावलले सरकारले सांसदहरू काठमाडौंमा नभएका बेला संसदमा विभिन्न ऐन संशोधन गर्ने तयारी गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।
उनले निर्वाचन आयोगको पूर्व घोषणा विपरित प्रतिनिधि सभाको समयावधि बढाउने गठबन्धन सरकारको कदम स्वेच्छाचारी र अलोकतान्त्रिक भएको समेत बताएका छन् ।
उनले भनेका छन्,'प्रतिनिधि सभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाण्डौमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणा विपरीत प्रतिनिधि सभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस् ।'