१२ असार २०८३, शुक्रबार

इमान्दारिताको नमूना : बाटोमा सुनको सिक्री फेला पारी हस्तान्तरण

इमान्दारिताको नमूना : बाटोमा सुनको सिक्री फेला पारी हस्तान्तरण
प्रतिकात्मक तस्वीर

म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेर इमान्दारिताको नमूना प्रस्तुत गरेकी छन् ।

रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमवार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा १ तोलाको सुनको सिक्री भेट्टाएकी थिइन् ।

उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाइन् । 

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए । सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्