
चालू आर्थिक वर्ष २०७९÷०८० मा ७ जना सचिवसहित कूल २ हजार २०९ जना निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराजा श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा ७ सचिवहरूले अनिवार्य अवकाश पाउँदैछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले २०७९ कात्तिक ९ गते अवकाश पाउँदैछन् । त्यसैगरी शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले २०७९ मंसिर ६ गते अवकाश पाउँदैछन् ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले २०७९ मंसिर १४ गते अवकाश पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले २०८० असार ३ गते, राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले २०८० असार ४ गते, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले २०८० असार २४ गते अवकाश पाउनेछन् ।
उच्च अदालत पाटनका न्यायाधीश महेन्द्रनाथ उपाध्याय २०७९ पुस २८ गते, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सचिव कृष्णजीवी घिमिरे २०७९ माघ २२ गते अवकाशमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयमा कार्यरत न्याय सेवाका सचिव धनराज ज्ञवालीले २०८० साउन ५ गते, महालेखापरीक्षकको कार्यालयमा कार्यरत उपमहालेखापरीक्षक राममायक कुँवरले २०८० साउन २३ गते, संसद सचिवालयमा कार्यरत सचिव ध्रुवप्रसाद घिमिरेले २०८० असोज ७ गते अवकाश पाउनेछन् ।
त्यसै गरी चालू आर्थिक वर्षमा २ हजार २०९ जना कर्मचारीहरूले अनिवार्य अवकाश पाउनेछन् ।
यी हुन् अनिवार्य अवकाश पाउने कर्मचारीहरूको सूची: