
प्रहरी अधिकारीहरू अरुका विवाद मिलाउने प्रयास गर्छन् तर कतिपय प्रहरी आफ्नै घरायसी विवादमा परेर हैरान हुन्छन् । भारतको झारखण्डका डीएसपीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै पीडा व्यक्त गरेका छन् ।
रामगढका डीएसपी किशोर रजकले पत्नी वर्षा श्रीवास्तवले आफूलाई शारीरिक, मानसिक यातना दिने गरेको, बच्चामाथि हिंस्रक व्यवहार गर्ने गरेको आरोप लगाएका छन् । उनले सार्वजनिक गरेको भिडियोमा हातमा घाउ गरेको देखिन्छ । पत्नीको व्यवहारका कारण बच्चाले आमा मन नपराउने उनले बताएका छन् ।
डीएसपीले सार्वजनिक गरेको भिडियो भाइरल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आफूले नै हिंसा गरेर पत्नीले उल्टै प्रहरीमा पीडित भएको भन्दै उजुरी दिने गरेको गुनासो पनि डीएसपी किशोरले गरेका छन् । यसअघि ६ पटक प्रहरीमा उजुरी पुगिसकेको उनले बताए ।
हेर्नुहोस् भिडियो –