२३ असार २०८३, मंगलबार

बेलायतकी प्रधानमन्त्रीलाई नभई गलत महिलालाई बधाई दिएपछि...

भदौ २१, २०७९
बेलायतकी प्रधानमन्त्रीलाई नभई गलत महिलालाई बधाई दिएपछि...

बेलायतमा लिज ट्रस कन्सर्भेटिभ पार्टीकी नेता तथा प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालमा धमाधम बधाई आइरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ट्रसलाई बधाई दिएका छन् । 

तर कतिपयले झुक्किएर गलत महिलाको ट्विटर ह्यान्डलमा गएर पनि बधाई दिएका छन् । 

स्विडनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले लिज ट्रसलाई बधाई त दिइन् तर अर्कै महिला लिज ट्रसलको ह्यान्डललाई मेन्सन गरिन् । 

त्यो ह्यान्डल सन् २००९ देखि लिज ट्रसल नामक महिलाले चलाइरहेकी छन् । याट द रेट लिजट्रस नभई नवनिर्वाचित बेलायती प्रधानमन्त्रीले याट द रेट ट्रसलिज ह्यान्डल चलाउँछिन् । 

ट्रसलले बधाई खाएपछि रिप्लाई गर्दै ‘ल, छिट्टै भेटौं’ लेखिन् । अनि एन्डरसनलाई ‘मासुका डल्ला पनि तयार पार्न’ सुझाव दिइन् । 

त्यसपछि स्विडनकी प्रधानमन्त्रीले आफ्नो ट्वीट डिलिट गरिन् । 

त्यस्तै किसिमले ब्राइटनकी सांसद क्यारोलाइन लुकास पनि झुक्किइन् । उनले याट द रेट लिजट्रसलाई मेन्सन गर्दै प्रधानमन्त्रीलाई व्यंग्य गरिन् । तर गलत ह्यान्डल मेन्सन भएको थाहा पाएपछि उनले माफी मागिन् । 

salt training

कमेन्ट गर्नुहोस्