×

NMB BANK
NIC ASIA

लागुऔषधमा मुछिएको एउटा झापाली परिवार– दाजुबहिनी पक्राउ परेपछि खुल्यो पोल

भदौ २१, २०७९

NTC
Premier Steels

झापाको एक परिवारका सबै सदस्य लागुऔषध तस्करीमा संलग्न भएको खुलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले आज (मंगलवार) गरेको पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख एसएसपी विकास खनालले परिवार नै लागुऔषधको तस्करीमा लागेको पाइएको जानकारी दिए । 

Muktinath Bank

प्रहरीले लागुऔषध खैरो हेरोइन, गाँजा, बुर्फिनोफिन, हाइजेपामलगायत लागुऔषधसहित १५ जना काराेबारीलाई सार्वजनिक गरेको छ । उनीहरूको साथबाट प्रहरीले १० लाख ४० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।  सार्वजनिक गरिएकामध्ये खैरो हेरोइनको तस्करीमा परिवार नै संलग्न देखिएको एसएसपी खनालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले झापाबाट पक्राउ गरेका नौसाद आलम र अप्सरा राजवंशी सहोदर दाजुबहिनी हुन् उनीहरूको परिवार नै लागुऔषध तस्करीमा लागेको देखिएको छ’, एसएसपी खनालले पत्रकार सम्मेलनमा भने ।


Advertisment
Nabil box
Kumari

प्रहरीले ललितपुर महानरपालिका–९ भालाखेका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप मन्थली नगरपालिका–१३ फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर महानरपालिका–१७ दुपाटका २९ वर्षीय अनिस महर्जनलाई २२ हजार नगद, १७ वटा मोबाइल, ७ वटा घडी र ४ वटा गितारसहित पक्राउ गरेको छ ।

Vianet communication

एसएसपी खनालका अनुसार अनिस महर्जनले लागुऔषध प्रयोगकर्तालाई मोबाइल, घडी, गितारलगायतका सामानहरू धितो राखेर लागुऔषधको सुई लगाइदिने गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले अनिसलाई नियमितरूपमा लागुऔषध ल्याइदिने सप्तरी डाक्नेश्वरी नगरपालिका–७ का २७ वर्षीय धरमदेव रामलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । उनले भारतबाट लागुऔषध ल्याएर अनिसलाई दिने गरेको अनुसन्धानबाट देखिएको ब्यूरोले जनाएको छ । 

यस्तै प्रहरीले साढे ४० ग्राम खैरो हेरोइनसहित ललितपुरबाट भैसेपाटीका २२ वर्षीय प्रताप कार्की, पाँचथर फिदिम नगरपालिका–१ का २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्ग हाङ्ग नेम्वाङलाई पक्राउ गरेको छ । 

२४७ ग्राम खैरोहोइनसहित गोकर्णेश्वर ९ माकलबारीका २५ वर्षीय उत्सव घिमिरे, भोजपुर ट्याम्केमैयुङ गाउँपालिका–९ का ४१ वर्षीय दोर्ची शेर्पा र भोजपुर पौवाढुङ्मा गाउँपालिका–१ की ३२ वर्षीया फुर्लामी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोही घटनामा झापा मेचीनगर नगरपालिका–१५ की ३० वर्षीया अप्सरा खातुन भन्ने अप्सरा राजवंशी र उनका दाजु ४४ वर्षीय नौसाद आलमलाई प्रहरीले झापाको काँकडभित्ताबाट पक्राउ गरेको जनाएको छ । 

प्रहरीको अनुसन्धानमा उनीहरूले भारतबाट नेपालमा लागुऔषध ल्याएर विभिन्न ठाउँमा सप्लाई गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको एसएसपी खनालले बताए ।

अमेरिकाको क्यालिफोर्नियाबाट २ केजी गाँजा पार्सल

लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाको क्यालिर्फोनियाबाट २ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वरा हुलाक मार्फत आएको २ केजी गाँजा लिन आउने काभ्रेपलाञ्चोक मन्डनदेपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई, काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ र काठमाडौं खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

प्रहरीले उनीहरूलाई लागुऔषध रिसिभ गर्न गएको अवस्थामा पक्राउ गरेको हो । कसले किन पठाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार अहिले बजारमा १ ग्राम लागूऔषधको १० हजार, एम्पुलको २ सय, गाँजाको प्रतिकिलो ३७ हजारका दरले बिक्री हुने गरेको जनाएको छ । प्रहरीले २९ लाख ९९ हजार ४ सय रुपैयाँ बरारबरको लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x