०९ साउन २०८३, शनिबार

गठबन्धनका कुनै दलसँग एमालेले तालमेल नगर्ने

गठबन्धनका कुनै दलसँग एमालेले तालमेल नगर्ने
फाइल तस्वीर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा सत्ता गठबन्धनका कुनै पनि दलहरूसँग एमालेले तालमेल नगर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । 

पोखरेलले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरे पनि अहिलेको गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन नगर्ने  स्पष्ट पारे । उनले एमालेले प्रगतिशील र राष्ट्रवादी विचार मिल्ने पार्टीहरूसँग राजनीतिक सहकार्य गर्नसक्ने बताए । उनले स्थानीय आवश्यकताको आधारमा एमालेले २०४८ सालदेखि तालमेल गर्दै आएको बताउँदै २०४८ सालमा कांग्रेससँग समेत तालमेल गर्न खुला गरेको बताए । 

‘नेकपा एमालेले कुनै पनि केन्द्रीय तहको गठबन्धन गर्दैनौँ । अहिले जसरी सत्तागठबन्धन भएको छ । यो निर्वाचनमा वर्तमान गठबन्धन रहेसम्म गठबन्धनका पुजारीहरूसँग एमालेको कुनै तालमेल हुँदैन’, उनले भने, ‘तर तालमेलको कुरामा स्थानीय आवश्यकता अनुसार विभिन्न ठाउँहरूमा हुनसक्छ । जहाँ पोलटिकल पोलोराइजेसन हुनसक्छ । प्रगतिशील विचारधारा बोक्ने, राष्ट्रियताको पक्षघरहरूसँग तालमेलको नयाँ सम्भावना छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्