
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले युवा पलायनलाई रोक्नका लागि योजना बनाएको बताएका छन्।
युवा सङ्घ नेपालको मेची–महाकाली युवा जागरण अभियानलाई प्रदेश राजधानी हेटौँडामा स्वागत गर्दै उनले विदेशमा बगाएको पसिनाबाट आएको विप्रेषणबाट देश चलाउनुभन्दा युवाको सीप र पसिनाले समुन्नत बनाएर देशको मुहार फेर्न सकिने बताए । युवालाई सीप सिकाएर विकासको लहर ल्याउनुको साथै रोजगार सिर्जना गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए। प्रदेशमा पछि परेको वडामा समाजवादी वडा कार्यक्रम ल्याएर शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गरिने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामालगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।