काठमाडौं, १७ साउन– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा योजना आयोगको उपध्यक्षमा नियुक्त भएका श्रेष्ठले नयाँ सरकार गठन भएको झण्डै दुई महिना पछि पदबाट राजीनामा दिएका हुन् ।
योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए ।
उपाध्यक्ष श्रेष्ठले योजना आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । श्रेष्ठले आज (मंगलबार)देखि लागू हुनेगरी राजीनामा दिएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष सरकारले नियुक्त गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार सरकार परिवर्तन भएसँगै योजना आयोगका उपाध्यक्ष पनि परिवर्तन भइरहन्छन् ।